दाङ बस दुर्घटना: मृत्यु हुनेको संख्या २२ पुग्यो, १५ जना घाइते (घाईतेको नामसहित)


पुस ६, दाङ । दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

घटनास्थलमा ामा २१ जनाको शव फेला परेको छ भने उपचारका क्रममा एकजनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले २१ जनाको शब घटनास्थलमा फेला पारेको जानकारी दिए ।

शाहीले खोजीकार्य जारी रहेको हुँदा त्यो संख्या थपिन सक्ने आशंका व्यक्त गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री र हर्नेटी भन्ने स्थानको बीचमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा अधिकांश विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

१५ जना घाइते मध्य १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारकपछि थप उपचारको लागि बाँके तर्फ पठाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बेलुका ९ बजेसम्म मृतक कसैको पनि सनाखद हुन नसकेको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको हुँदा कम्तिमा पनि रातको १२ बजेसम्म उद्धार चल्न सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् । घाइते मध्य ९ जनालाई राप्ती अंचल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमालको राप्ती अंचल अस्पतालमा उपचार जारी रहेको छ भने अरु सबै घाइतेहरुलाई बाँके रफेर गरिएको छ ।

यस्तै बाँके रेफर गरिएका घाइतेहरु जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया, अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी, रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का र दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल रहेका छन् ।

यस्तै जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी, जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया, अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना, रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन र दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल रहेका छन् ।

यसैगरी रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी, अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट, रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली र नाम थर नखुलेको अन्दाजी १६/१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

६ पुष २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको