दोस्रो नेपाल आइडल बने रवि ओड (भिडियोसहित)


पुस ६, काठमाडौं । नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् ।

रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

पुल्चाेकमा रहेेकाे इञ्जिनियिरङ कलेजकाे मैदानमा भएकाे ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।


६ पुष २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको