विद्यार्थी बोकेर दाङ आउदै गरेको बस दुर्घटना, १६ जनाको मृत्यु


पुस ६, काठमाडौं । प्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।

घाईतेमध्ये ३ जनाको अबस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि राप्ती अञ्चल अस्प्ताल तुलसीपुरबाट नेपालगंज रिफर गरिएको छ ।

अन्य ७ जनाको भने अस्पतालमै उपचार भईरहेको छ । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय घोराहीको बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा बेलुका करिब ५ बजे दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेको र उद्धारको काम जारी रहेको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

६ पुष २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको