सर्वोच्चको आदेशपछि जेलबाट छुटे गुन्डा नाइके दीपक मनाङे


पुस ६, काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार चर्चित गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङ थुनामुक्त भएका छन् ।

डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो । उनी प्रदेश ४ का प्रदेशसभा सदस्यसमेत हुन् ।

मनाङे समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार प्रहार गरेको थियो । सोही अभियोगमा मनाङेमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यानमुद्दा नभई कुटपिट ठहर २ वर्ष जेल सजाय सुनाएको थियो ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनले सांसदको सपथ लिन पाएका थिएनन् ।

१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन् ।

६ पुष २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको