नेकपा बैठकः आइतबार ओली र प्रचण्डले जवाफ दिने


पुस ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा उठेका प्रश्नमाथि अध्यक्षद्वयले आइतबार जवाफ दिने भएका छन्।

नेकपाकाे केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटी बैठकबारे जानकारी दिदैं प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्भवतः भोलि नै सदस्यहरुले बोल्नेक्रम सकिने बताए।

प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठक सकिए लगत्तै नेकपा सचिवालयको बैठक बस्ने सम्भावना रहेको जानकारी दिए। आजको बैठकमा नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा र अमिक शेरचनसहित सात केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।

अहिलेसम्म ४१ सदस्यले धारणा राखिसकेका छन्। नेकपा स्थायी कमिटीमा ४५ सदस्य छन्।

२०७५ पुष ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको