तनहुँ काँग्रेसमा रामचन्द्रविरुद्ध गोविन्दराज जोशीको समानान्तर कमिटी


पुस ६, काठमाडौं । तनहुँमा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध अर्का नेता गोविन्दराज जोशीले समानान्तर कमिटी गठन गरेका छन् ।

शुक्रबार तनहुँमा विशेष भेला आयोजना गर्दै नेता जोशीले समानान्तर कमिटी घोषणा गरेका हुन् । जोशीले काँग्रेसको संगठन कमजोर हुँदै गएको, सदस्यता वितरण गर्नुको साटो लुकाएर राखेकाले जिल्लाको काँग्रेस नेतृत्व असक्षम ठहर गर्दै नेपाली काँग्रेस तनहँुको विशेष अधिवेशन आगामी माघ ८ गते गर्ने घोषणासमेत गरे ।

कार्यक्रममा विशेष अधिबेसन सम्पन्न गर्न विभिन्न चारवटा समिति गठन गरेको जानकारी दिइएको छ । भेलाले विशेष अधिवेशन तयारी समितिको संयोजकमा डिल्लीराम अधिकारीलाई चयन गरेको छ भने सहसंयोजकमा ऋषिराम पोखरेल, सचिव परशुराम गिरी र कोषाध्यक्ष चिनु पोखरेल छन् ।

कार्यक्रममा जोशीले तनहुँमा १७ सालपछि काँग्रेसको संगठन आफुले सुरु गरेको भन्दै अव पनि आफैले हाक्ने बताए ।

२०७५ पुष ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको