कांग्रेसको विधानमा शीर्ष नेताबीच सहमति, सहमहामन्त्री ७ जना


पुस ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तावित विधानमा सहमति जुटाएको छ ।

पार्टी मुख्यालय सानेपामा शुक्रबार बिहान बसेको शीर्ष नेताको बैठकले विधानमा सहमति जुटाएसँगै सहमतिका आधारमा अब सातजना सहमहामन्त्री निर्वाचित हुने भएका छन् । अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।

सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २/२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए ।

बिहीबार उनले उपसभापति र महामन्त्री एक-एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नया सहमति जुटेको छ ।

२०७५ पुष ६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको