गृहमन्त्री बादलकै अगाडि पुर्बलडालुले विष सेबन गरे


मंसिर ५, काठमाडौं । एक पूर्वमाओवादी लडाकुले गृहमन्त्रालयमा बुधबार विष खाएका छन् ।

दिउँसो चारबजेपछि त्रिवेणी नगरपालिका २ कालिकोट घर भएका ३२ वर्षीय पूर्वलडाकु कुलप्रसाद भट्टराईले विष खाएको सिंहदरबार प्रहरीले जनाएको छ।

सिंहदरबार वृत्तका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दिउँसो ४ बजेर १५ मिनेट जाँदा भट्टराईले नाम नखुलेको किटनासक विष खाएका हुन्। विष खाएपछि बेहोस् भएका भट्टराईलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।

थापाका अनुसार विष खाएका भट्टराईको अझैसम्म होस खुल्न सकेको छैन। पूर्वलडाकु भट्टराई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न गृहमन्त्रालयमा पुगेका थिए।

गृहमन्त्रीसँगको भेटमा भट्टराईले आफू घाइते भएको र केही गर्न नसक्ने बताउँदै विष खाने धम्की दिएपछि उनलाई प्रहरीले बाहिर निकालेको थियो। भट्टराईलाई गृहमन्त्रालयबाट बाहिर निकाले लगत्तै विष खाएको अनुमान प्रहरीको छ।

२०७५ मंसिर ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको