दाङमा स्कुटी र डोजर ठोक्किँदा एक २३ बर्षीय युवक घाइते


मङ्सिर ५, दाङ । दाङको तृलसीपुरमा स्कुटी र डोजर एक आपसमा ठोक्कीदा एक युवक घाइते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर ६ निबासी २३ बर्षका प्रदिप भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रनाउ शाहीका अनुसार पूर्वबाट तुलसीपुर बजार तर्फ आइरहेको रा४प ५८६ नम्बरको स्कुटी घोराही तुलसीपुर सडक खण्डको पेट्रोलपम्प नजिकै सडकमा काम गरिरहेको रा१क २९९ नम्बरको डोजरमा ठोक्कीदा दुर्घटना भएको हो ।

गम्भिर घाइते भण्डारीलाई तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालजञ्ज रिफर गरिएको छ । चालक सहित डोजरलाई प्रहरीले निणन्त्रमा लिएको छ ।

२०७५ मंसिर ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको