मङ्सिर ५, काठमाडौं । १२ बर्ष अघि भएको विस्तृत शान्ति सम्झौतामा पुर्व बाल सैनिकहरूको मुद्दा समावेश नगरी उक्त सम्झौता अधुरो रहेको बाल सैनिक लेनिन बिष्टले बताएका छन् ।
विस्तृत शान्ति सम्झौता (सीपीए) भएको १२ औं बर्ष पूरा गरेको अवसरमा विष्टले एक प्रेस बिज्ञप्ति जारिगरि उक्त कुरा बताएका हुन ।
पुर्व बाल सैनिकहरूको सामाजिक पुनर्स्थापना एक राजनीतिक मुद्दा भएको बिष्टले बताएका छन् । राजनीतिक दलहरु बाल सैनिकको मुद्दा उठाउन र उनीहरूको सामाजिक, राजनीतिक तथा आर्थिक अबस्था बारे केहि चिन्ता नदेखाएको समेत आरोप लगाएका छन् ।
नेपाल सरकारले बाल सैनिकहरूको सामाजिक-आर्थिक परिस्थितिको मूल्याङ्कन गर्दै एक सहयोग संयन्त्र सहित बृहत राष्ट्रिय नीति निर्माण गर्न माग गरेका छन्।
बालबालिकालाई कुनै सशस्त्र संघर्षमा प्रयोग गर्न नहुने जोड दिंदै भनेका छन्, नेपाल सरकारले नेपाल संघीय गणराज्य बनाउन बालबालिकाहरूको योगदानलाई मान्यता दिनुपर्छ।
हेर्नुहोस प्रेस बिज्ञप्ति:
प्रतिक्रिया दिनुहोस