मंसिर ४, काठमाडौं । देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आएका थिए । नेपाली गायनको क्षेत्रमा लामो साधना गरेका राई नेपाल फर्किएपछि निरन्तर रूपमा नेपाली संगीतमै समर्पित भएका छन् ।
नेपाली आधुनिक, लोक, लोकपप क्षेत्रमा गीत रेकर्ड गरी एल्बम समेत सार्वजनिक गरेका राईको पछिल्लो पटक आई लभ यु बोलको आधुनिक गीत सर्वाधिक रुचाइएको थियो । गायिका शिला राईका साथमा गाइएको उक्त गीतले बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा बेस्ट अफ डुएट सङ अवार्ड समेत हात पारेको छ ।
हालै थाइल्याण्डमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा २ हजार भन्दा बढी विभिन्न गीत तथा सांगीतिक क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रमको प्रमुख अथितिमा थाइल्याण्डका लागि नेपाली रजदूत लेखराज अधिकारी रहेका थिए । अवार्डबाट सम्मानित हुने स्रष्टाहरुलाई अथितिको रुपमा कार्यक्रममा सहभागी भएका कन्सुलर कृपाराम रिजाल, एनआरएनए जापान अध्यक्ष आशाजित अवाले र प्रतिज्ञा राई लगायतले १ सय ३० विधाका विभिन्न विजेता कलाकारलाई अवार्डसतिह सम्मान गरेका थिए ।
पहिलो पटक विदेशी भूमिमा भएको बस्क अफिस म्यूजिक भिडियो अवार्ड भव्य र सभ्यरुपमा सम्पन्न भएको आयोजक बक्स अफिस फिल्मी क्लब नेपाल तथा बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए । उनले भने– ‘१ सय ३० विधामा पहिलो पटक एकै थलमो धेरै नेपाली गीत संगीत क्षेत्रका स्रष्टाहरुहरुलाई उतार्न सफल भएकोमा गौरवान्वित छु ।
गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी उत्कृष्ट मध्येको उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।
बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ । भेडेटार, धनकुटाका स्थायी वासिन्दा गायक राई स्वदेश फर्किएर पनि नेपाली सांगीतिक क्षेत्रमै समर्पित भएका छन् । नेपाली संगितको उर्वर र केन्द्रीय थलो काठमाडौंमा बसी समसामयिक गीत गाउन सफल गायक राईले पछिल्लो पटक सिरियाको आन्तरिक द्वन्द्वले सिर्जित अवस्थालाई चित्रण गर्दै मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस