एकै परिवारका तीन दिदीबहिनीसहित भाइले गरे एकैसाथ आत्महत्या


कात्तिक ४, काठमाडौँ । भारतको हरियाणामा पर्ने फरिदाबादमा एकै परिवारका तीन दिदीबहिनीसहित भाइले एकैसाथ आत्महत्या गरेका छन् ।

फरिदाबादको दयाल बाग कोलोनीमा छिमेकीको सूचनाका आधारमा पुलिसले जाँच गर्दा चारजनाको शव फेला परेको हो । इन्डियन एक्सप्रेसमा प्रकाशित खबरका अनुसार उनीहरु सबै ३७ देखि ४२ वर्ष उमेरका रहेका छन् ।

उनीहरुले केही दिन अघि नै आत्महत्या गरेको पुष्टि भएको छ । उनीहरुको शव भेटिएको ठाउँमा सुसाइड नोट पनि भेटिएको छ । जहाँ कसैलाई पनि घटनाको जिम्मेवार बताइएको छैन ।

छिमेकीले दिएको सूचना अनुसार उनीहरुको बुबा आमाको पहिले नै मृत्यु भएको थियो । घरमा लामो समयदेखि कोही आवतजावत नभएको र घरबाट गन्ध आउन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

हरियाणा पुलिस र फोरेन्सिक विशेषज्ञ टोलीले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । उनीहरुको शवसँगै भेटिएको सुसाइड नोटमा आमाको मृत्यु भएको र आमाबिना बाँच्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको