रोल्पामा सोलार सट भएर घरमा आगलागी हुँदा लाखौको क्षति


कात्तिक ४, रोल्पा । रोल्पामा घरमा जडान गरेको सोलार सट भएर आगलागी हुँदा एक घर खरानी भएको छ

रोल्पा नगरपालिका १० धवाङस्थित मनराख रोका मगरको दुईतले कच्ची घरमा भएको आगलागीवाट लाखौको धनमाल क्षति भएको हो ।

मनराखले ३ वर्ष अघि मात्र निर्माण गरेको उक्त घर आगलागी हुँदा करिव २५ लाख वरावरको क्षति भएको वताइएको छ । सोलार सट भएपछि धागो तयार पार्न सुकाई राखेको अल्लोमा सल्किएको आगो घरमा फैलिएको वताइएको छ ।

आगलागीपछि घरमा रहेका नगद, जिन्सि, लत्ताकपडा र अन्नपात लगायत संपूर्ण सामान जल्नुका साथै घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको वताइएको छ । दशैको समयमा घर जलेर क्षतिग्रस्त हुदा रोका परिवार घरवार विहिन भएको छ ।

छिमेकीसंग त्रिपाल मागेर अस्थायी वसोकावासका लागि वास वनाए पनि अन्नपात जलेका कारण साँझ विहान खाने अन्नपात नभएपछि रोका परिवारलाई ठुलो समस्या परिरहेको स्थानीय तारा प्रसाद वुढाले जानकारी दिए ।

वृद्धावस्थाका कारण लामो समय त्रिपाल मुनी वस्न संभव नभएकाले वैकल्पीक स्थायी वसाइको लागि विभिन्न विकल्पहरु खोजिरहेका छौ छिमेकी वुढाले भने ।

लामो दशै विदाका कारण राहातका लागि जिल्ला दैवि प्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी लगायतका निकायमा जान नसकिएको वुढाले जानकारी दिए । विदा सकिए लगत्तै वडा कार्यालयको सिफारिसमा राहातको प्रकृया अगाडी वढाउने छिमेकी वुढाको भनाई छ ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको