कात्तिक ४, दाङ । दशैं मनाउना रोल्पाबाट ससुराली दाङ आएका एक युवकको मानव निर्मित तालमा डुबेर मृत्यु भएको छ ।
रोल्पा परिवर्तन गाँऊपालिका वडा नं १ का लालबहादुर डाँगीको नुहाउने क्रममा शनिबार बेलुका डुबेर मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं १६ बाहुन डाँडामा मानव निर्मित तालमा श्रीमती र सालासहित गएका डाँगी नुहाउने क्रममा तालमा वेपत्ता भएका थिए ।
डांगी वेपत्ताभएपछि घरपरिवारको रिपोर्टका आधारमा जिल्ला प्रहरी कार्यालयको टोली, शसस्त्र प्रहरी बलको टोली र स्थानीयको सकृयतामा गोताखोर यम बहादुर थापाले उनको शव फेला पारेका हुन् ।
डाँगीको शव फेला परेपछि स्थानीयले कृत्रिम तालको बिरोध गरेका छन् । घोराही उपमानगरपालिकाले तालको उचित व्यवस्थापन नगर्दासम्म शव नउठाउने घरपरिवारले बताएका छन् । गत वर्ष पनि सोहि तालमा परि एक बच्चाले ज्यान गुमाएका थिए ।
पोष्टमार्टमका लागि शव उठाउन गएको एम्बुलेन्सलाई स्थानीयले फर्काईर्दिका छन् । अहिले यहाँको स्थिती तनाव ग्रस्तरहेको छ भने स्थीति साम्य पार्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ । यो समाचार तयार पार्दासम्म डाँगीको शव उठाइएको छैन ।
प्रतिक्रिया दिनुहोस