कात्तिक ४, काठमाडौं । दशैं आम नेपालीहरुले धुमधामका साथ मनाइरहँदा नेपाल विद्यार्थी संघका नेताको नवदुर्गाको भक्तिभाव अहिले विद्यार्थीहरुबीचमा चर्चामा छ। यूवाहरुमाझ दशैं भन्ने वित्तिकै आफन्तजन भेटका अतिरिक्त रमाइलो गर्ने कुरासँग जोडेर हेरिन्छ।
अधिकांश यूवाहरुले धार्मिक कार्यको जिम्मा परिवारका ठूलाबडा तथा अग्रज सदस्यहरुको भएको ठान्छन। तर नेविसंघका महामन्त्री कुन्दन काफ्ले भने यो मामलामा पृथक भेटिए।
नवदुर्गाको आराधना गरिने दशैंको नवरात्रमा काफ्ले नौ दिनसम्म अनुष्ठानमा रहि देवी दुर्गाको आराधनामा रहे। नौ दिनसम्म अन्न समेत ग्रहण नगरि उनले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरे।
काफ्लेले काठमाडौंको बासवारीस्थित गायत्री परिवारको साधना केन्द्रमा नौ दिनसम्म धार्मिक विधीपूर्वक देवी दुर्गाको आराधना गरे। काफ्ले दैनिक गायत्री साधनामा व्यस्त रहेका थिए। मनलाई शुद्ध बनाउँदै समाजलाई नेतृत्व गर्न पनि भगवान भक्तीमा आफू समर्पित हुने गरेको काफ्ले बताउँछन।
भगवत भक्ती, पूजापाठ, अनुष्ठान र आराधना धार्मिक क्षेत्रका व्यक्तिहरुको मात्र जिम्मेवारी हो भन्ने भ्रमलाई चिर्दै काफ्लेले गरेको भगवत भक्ती दशैंको बेलामा चर्चाको बिषय भएको छ ।
प्रतिक्रिया दिनुहोस