राेल्पा: बिदामा चलाएको सरकारी मोटरसाइकलको ठक्करबाट ३ बर्षीय बालक घाईते


कात्तिक ४, राेल्पा । रोल्पामा सरकारी नम्बर प्लेटको मोटरसाईकलले ठक्कर दिँदा एक बालक घाईते भएका छन् ।

रोल्पा नगरपालिका ४ लिबाङ स्थित खाद्यटोल नजिकै शनिवार बिहान रा१ब ५४३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा थवाङ गाउँपालीका ३ घर भई हाल लिबाङ बस्दै आएका नैन सरि बुढाको ३ बर्षीय छोरा घाईते भएका हुन् ।

घाईते बालकको रोल्पा मेडीकलमा सामान्य उपचारपछि थप उपचारको लागी बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्लयालय प्रमुख प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिए ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । सो मोटरसाईकल रोल्पा नगरपालिका वडा नं १ को कार्यालय प्रयोजनका लागी दिईएको थियो ।

तर उक्त मोटरसाईकल सो वडाका अध्यक्ष राजन कवरका १८ बर्षीय छोरा गणेश कुवरले सार्बजनिक बिदाको दिन चलाउदा बालकलाई ठक्कर दिएको थियो ।

सरकारी सवारी साधन सार्बजनिक बिदाको दिन अनुमतीबिना चलाउन नपाईने नियम भएपनि रोल्पा जिल्लामा भने नियम मिचेरै खुलेयाम दुरुपयोग भईरहेका समाचार दिनप्रतिदिन सार्वजनिक भैरहेका छन् ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको