नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दै


कात्तिक ४, काठमाडौँ । आन्तरिक विवाद र नेताहरुबिचको मनमुटावमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रतिक्षित केन्द्रीय सचिवालय बैठक आइतबारदेखि बस्दैछ । दुई दिने बैठक आइतबार सुरु हुने नेकपाका नेताहरुले बताएका छन् ।

आन्तरिक विवाद र दसैँका कारण बस्न नसकेको बैठक आइतबार सुरु हुन लागेको हो । यसअघि असोज २४ र २७ गते बस्ने भनिए पनि बैठक स्थगित गरिएको थियो ।

सचिवालय बैठकमा पार्टीका संगठनहरुको एकीकरण, केन्द्रीय आयोग तथा विभागको गठनका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानसँगै संसदमा प्रभावकारी प्रस्तुति र सरकार सञ्चालनका विषयमा पनि कुराकानी हुने बुझिएको छ ।

पोलिटव्युरो गठन, सचिवालय, स्थायी कमिटि तथा केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने तयारी छ ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको