करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु


कात्तिक ४, राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको