असोज ५, काठमाडौं । सुनसरीका खुर्सिद अन्सारीको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।
प्रदेश नम्बर १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा गृहले शुक्रबार छानबिन समिति बनाएको हो। पाँच सदस्यीय उक्त समितिले १५ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्नेछ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि घटनाको अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ।
साथै गृहमन्त्रीले मृतकका परिवारसँग भेट्ने व्यवस्था मिलाउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।
सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिलाई बिहीबार अज्ञात समूहको गोली प्रहार गरेको थियो। गोली लागेर उनको घटनास्थलमै ज्यान गएको थियो।
बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली हानी हत्या गरेका थिए। सुनसरी–हरिनगर–२ का आलममाथि मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेका थिए।
उनको हत्याबारे छानबिन हुनु पर्ने भन्दै स्थानीयले प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस