नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज, कुन प्रदेशमा को-को भए ? (नामसहित)


असोज ५, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ ।

शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरु आएका छन् ।

बैठकले प्रदेश १ को इन्चार्जमा भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे, सहइन्चार्जमा साबित्रीकुमार काले र सचिवमा सुरेश बहादुर राईलाई तोकेको छ ।

यस्तै प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा प्रभू साह’ सहइन्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई तोकेको छ ।

यसैगरी प्रदेश ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य, अध्यक्षमा हितमान शाक्य, सहइन्चार्जमा नारायण दाहाल र सचिवमा आनन्द पोख्रेललाई तोकेको छ ।

यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सहइन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई तोकेको छ ।

यसैगरी प्रदेश ५ को इन्चार्जमा शंकर पोख्रेल, अध्यक्षमा ओनसरी घर्ती, सहइन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मालाइ तोकेको छ ।

यस्तै कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा, अध्यक्षमा गोरखबहादुर बोगटी, सहइन्चार्जमा यमलाल कंडेल र सचिवमा मयाप्रसाद शर्मालाई तोकेको छ ।

यसैगरी प्रदेश ७ को इन्चार्जमा भीम रावल, अध्यक्षमा कर्ण थापा, सहइन्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरीलाई तोकेको छ ।

५ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको