असोज ५, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा गएराति रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । कम्तीमा ५० जना सवार बस सडकदेखि ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, नवलपारसीले जनाएको छ ।
घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उनीहरुको अवस्थाबारे केही बताइएको छैन । दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उपलब्ध गराएको घाइतेको विवरण यस प्रकार रहेको छ ।
मनकामना पोलिकिल्निक अरुणखोला मा उपचार भैरहेको घाइतेहरुको नामावली
१)रुकुम जिल्ला खोलागाउँ बस्ने वर्ष १८ को राजकुमार ओली दाइने खुट्टा र पाखुरामा चोट, अवस्था– सामान्य
२) दाङ जिल्ला बस्ने वर्ष ३० को भक्त बहादुर राना टाउको र हातमा चोट, अवस्था–सामान्य
३) दाङ बस्ने वर्ष २१ को भरत राना मगर ढाडमा चोट, अवस्था–सामान्य
४) सल्यान जिल्ला पैयाँ खर्क बस्ने वर्ष ५५ को बेल बहादुर रोका हात र टाउकोमा चोट, अवस्था–सामान्य
५) सल्यान जिल्ला बस्ने वर्ष ४९ को आनन्द खड्का टाउको मा चोट, अवस्था सामान्य
६) रुपन्देही भैरहवा बस्ने वर्ष १९ को सञ्जय सुनार बायाँ कानमा चो, अवस्था –सामान्य
७) रुपन्देही शिद्घार्थ न.पा.९ बस्ने वर्ष १४ को कृष्ण गुप्ता, अवस्था – सामान्य
८) दाङ लमही बस्ने वर्ष २७ को शैगात चौधरी, अवस्था – सामान्य
९.दाङ तुलसीपुर बस्ने वर्ष १८ की भावना खड्का खुट्टामा चोट, अवस्था – सामान्य
१०) दाङ तुलसीपुर बस्ने वर्ष २४ को पबन कुमार खड्का घुडामा चोट, अवस्था– सामान्य
११) रुपन्देही भैरहवा बस्ने वर्ष १९ को जितेन्द्र बडु, अवस्था – सामान्य
१२) दाङ तुलसीपुर बस्ने वर्ष २२ को कुबेर भारती, अवस्था – सामान्य
१३ दाङ घोराही बस्ने वर्ष ३६ को यमराज न्यौपाने, अवस्था – सामान्य
१४) दाङ घोराही बस्ने वर्ष २४ शेर बहादुर ओली, अवस्था –सामान्य
१५) रुपन्देही भैरहवा बस्ने वर्ष १५ सन्तोष राई ढाडमा चोट, अवस्था – सामान्य
१६) रुपन्देही सिद्धार्थ न.पा.९ बस्ने वर्ष १४ को कृष्ण गुप्ता हातमा चोट, अवस्था – मध्यम
१७) सल्यान सारदा नगर न.पा.१० बस्ने वर्ष ४९ को आनन्दलाल खड्का अनुहार मा चोट, अवस्था – सामान्य
१८) रुपन्देही सिद्धार्थ न.पा.८ बस्ने वर्ष १९ को सन्देश सुनार टाउकोमा चोट, अवस्था – मध्यम
१९) रुपन्देही सिद्धार्थ न.पा.६ बस्ने वर्ष १८ को मिरा पौडेल बायाँ हातमा चोट, अवस्था – मध्यम
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको घाइतेको नामावली
१) सुर्खेत बस्ने वर्ष २५ की हिना सुनार टाउकोमा चोट, अवस्था – मध्यम
२. रुपन्देही बस्ने वर्ष ३५ को प्रेम दाहाल टाउकोमा चोट, अवस्था – मध्यम
३) रुपन्देही बस्ने वर्ष २७ की पुष्पा दाहाल टाउकोमा चोट, अवस्था – मध्यम
४) रुपन्देही बस्ने वर्ष ५ को प्रसिद्घ दाहाल टाउकोमा चोट, अवस्था – मध्यम
५) रुपन्देही बस्ने वर्ष ४ की प्रसना दाहाल भित्री चोट, अवस्था – सामान्य
६) दाङ पोहरी न.पा.१६ बस्ने वर्ष ९ को प्रमोद चौधरी टाउकोमा चोट, अवस्था – मध्यम
७) दाङ बस्ने वर्ष ३५ को बुद्घिराम चौधरी दाइने हातमा चोट, अवस्था – मध्यम
८) बारा बस्ने वर्ष २३ को आकास कुमाल दाइने हातमा चोट, अवस्था – मध्यम
९) बारा बस्ने वर्ष २६ को श्याम कुमाल मुखमा चोट, अवस्था – सामान्य
१०) दाङ तुलसीपुर बस्ने वर्ष २२ को प्रभु चौधरी मुखमा चोट, अवस्था – सामान्य
११) दाङ तुलसीपुर बस्ने वर्ष १४ को साजन चौधरी निधारमा चोट, अवस्था – सामान्य
१२) कपिलबस्तु बुद्ध वाटिका न.पा. १२ बस्ने वर्ष ३३ को खिमानन्द घिमिरे टाउकोमा चोट, अवस्था – मध्यम
१३) दाङ हेकुलि न.पा. ४ बस्ने वर्ष ३० को आश्विन विक टाउकोमा चोट, अवस्था – मध्यम
प्रतिक्रिया दिनुहोस