परदेशमा मनाउने तीज संस्कृती कि बिकृती


परदेशको जिवनशैली अनि तिनै जिवनशैलीलाई पछ्याउँदै गर्दा नेपालकी नेपाली छोरी हुँ चिच्चाइ चिच्चाई भन्न मन लाग्छ । नेपाली कला र संस्कृतिलाई निर्धक्क कहिलेकाही परदेशी भुमिमा सु-सज्जित हुन पाउदा जिवनका सातौ बसन्तमा दौडिरहेको यो परदेशी जीवन र परदेशी थलो निकैन अदभुत र आश्चर्य लाग्दै आजकाल समयको अथाह प्रवाह सगै जिवनका हरेक बसन्तका पालुवा सरि भित्रिरहने नेपालिका चार्डपर्व र उत्साहले लाग्छ कहिलेकाही यो पनि त खुशी कै क्षण हो।पारिबारिक जमघट हुन नसके पनि नेपाली जमघट र परदेशी भुमिमा सात समन्द्र पारी उहीँ पारा र ठाटमा सज्जिन पायकि छु । हो, छाती गर्वले धक्क फुलेर मनले भनी रहन्छ, नेपाल आमाको छोरी भयर नेपाली चन्द्र सुर्य अंकीत झण्डा अगाडि उभियर २/४ ठाउमा बिदेश नै भय पनि जोड जोड सग “सयौ थुङगा फुलका हामी एउटै माला नेपाली” भन्न मन लाग्छ र गर्वले अति नै माथी बनेर नाच्न मन लाग्छ ।

हरेक पटकका बसन्तमा परदेशी भुमिमा भय पनि निकै नजिक बाट निहालि रहेकी छु मैले यहाँ मनाईने मौलिक चार्डपर्व र कला संस्कृति का बारेमा।निकै रमाईलो र उत्साह त लाग्छ,तर सामाजिक संजालका उत्साह र संजालका माकुरे जालोले अमुर्तरुप दिय पनि भाबी दिनमा नेपाली संस्कृति र ती संस्कृतीले निम्ताई रहेका र भित्राईरहेका परिणामहरु देखिरह्दा जोड जोडले नेपाल आमा लाई सम्झियर धिकार्दे परदेशमा मनोरञ्जन गरिरहने ठुलाबडा लाई सम्झिन मन लाग्छ। देशको चन्द्र सर्य अंकित झण्डालाई हरेक कार्यक्रम मा साची राखेर अगाडी उभिरहनु हुने, कलाकार संगीतकार, गीतकार,समाजसेवी ज्युहरु,पत्रकार ज्युहरु, आफुलाई राजनितिमा अब्बल सम्झने राजनितिज्ञ ज्युहरु, विभिन्न संघ संस्थाका तह र तप्कामा बिराजमान हुनुभयका बुद्धिजीवी बर्गका ठुला ठालु महोदय ज्युहरु र सामाजिक, नैतीक समर्थनका लागि भाबी पिडिलाई निर्देशन दिने मार्गमा टेवा पुर्याईरहनु भयका र आफ्नो पथमा पकड पारिरहनु भयका मानुभाबहरु , बिदेशी भुमिलाई कर्मथलो मा श्रम बेचिरहनु भयका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु नेपाली संस्कृति र ती संस्कृतिले भित्र्याएका परिणामहरु देख्दा भोलीका दिनमा नेपाली संस्कृति धराप र अन्धबेगको हुरिमा रुमलिने भान लाग्छ। केही कुरा सोध्न मन लाग्छ ।

पश्चिमी संस्कृति भित्रियर कला र सम्पदा लाई समेत अनर्थ देखियको यो समयमा भनिन्छ हरेक बिहानी ले सुनौलो सपना बुनेको हुन्छ।हरेक आशा सगै हामी परदेशीहरु पनि सुनौलो सपना र सबल जीवन यापनका लागि भौतारिरहेका छौ।दस नङग्रा खियायर बिदेशी गुलाम गर्नका लागि बिबश छौ।हरेक स्तरिय क्षेत्रमा र नेपाली पन बोकेका हरेक नेपाली लाई पनि संगीत र संस्कृति प्रति पक्कै लगाब र झुकाब हरेक नेपाली पनमा छ र नेपाली मनमा छ।हो, आज समयका हरेक चीजलाई स्तरियता दिदै त हरेक पिढीले आय तर हाम्रै संस्कृती प्रती पश्चिमा संस्कृति भित्रिरह्दा वाह वाह र पररर तालीका गडगडाहट भईरहन्छ र भईरहेको छ।संस्कृति र नेपाली पन बोकेका चार्डपर्व झल्काउने कतिपय बिदेशका यस्ता कार्यक्रम केही बर्ष यता युएईमा मौलाईरहेको यथावत नै छ।हामी बिचमा यस्ता कार्यक्रमका लागि त भन्दा म के कमको होडबाजी चलिरहेको छ । बिगतका धेरै जसो नेपालीपन झल्काउने मौलिक चार्डपर्वले निम्ताउने स्वदेशी राष्ट्रिय कलाकार देखि बिदेश मै पसिना साटेर बनिरहेका सम्म का अदभुत कला त देख्न पाईन्छ।तर पनि धेरै जसो समाज , तिनै समाजले संचालन गरेका कार्यक्रमका अौचित्य के ती चार्डपर्व सग आधारित छन त? तीज मनाउन के कलाकार नै चाहिन्छ त ?

यिनै कार्यक्रममा दिदिबहीनी लाई मध्यनजर गरेर उनीहरुका ईच्छा चाहाना र आकांक्षालाई प्रयोग गरेर प्रत्येक बर्ष युएईमा हरेक समाज भातृसंगठन र संघसंस्थाले गर्दै आईरहेका हरितालिका तीज अथवा तीजी कार्यक्रममा के मौलिकता मै आधारित छन त? तीज आउन भन्दा ३/४ महिना अगाडि देखिका फेशबुके बिज्ञापन र सहयोग रसिद भन्दै काटिने ठेली र सुरु गरिने कृयाकलाप अनि दिदिबहिनी का तीज भन्दै दिदिबहिनी का फाईदा उठायर पुरुष को पुरुषवार्थ प्रस्तुत गरिने कार्यक्रमले के दिदिबहिनी यस्ता कार्यक्रम बाट धक फुकायर वास्तविक तीज मनाईरहेका छन या हो मा हैसे मिलाई रहेका छन? यस्ता कार्यक्रममा सौहार्द पुर्ण दिदिबहिनीको तीज भन्दै आज सम्म कुनै पनि कार्यक्रममा दिदिबहिनी थपडी बजायर मादलका तालमा आफ्ना बेदनाका गीत गायर रोदनले रंगियका कुनै कार्यक्रम भयका छन त ?

अक्सर नेपाली चलन अनुसार तिज अथवा हरितालिका तीज दिदिबहिनी को चाड र सामान्य भाषामा भन्दा दिदिबहिनी लाई लक्षित गरेर मनाईने हिन्दू नारी को चाड भन्ने बुझिन्छ केवल महिलाहरुका लागि मात्र नेपालमा मनाईने यो चाडले बैदेशिक थलोमा मात्र यसरी ३/४ महिना अघि देखिका रौनकता अनि हप्तै पिच्छे जुधेका कार्यक्रम केवल परदेशी श्रमिकका लागि मनोरञ्जन मा मात्र सिमित हुन त ? कला र संस्कृती संरक्षणमा के यस्ता जुधाई र ३/४ महिनाका बिज्ञापन जायज छन त? तीज जस्तो मौलिक पर्वलाई सात समुन्द्र पारी नेपालीपनले देखायको चासो प्रति सकरात्मक देखिय पनि उक्त कार्यक्रमहरुमा बजाईने गीत र देखाईने नृत्य अनि पुरुषहरुको झुकाब र दिदिबहिनी को खोक्रो आदर्शपनले एक दिन तीज धरापको बिषय नहोला भन्न सकिँदैन ?

भाबी पिडिका लागि तिजमा देखाईने पनले मौलिकता गुमिसकेका तिज हुनेमा पनि बिमती देखिदैन। परदेशमा तीज मौखीक रुपमा मौलिक बोलिय पनि व्यवाहारिक रुपमा पश्चिमी संस्कृतीको लुप्ततामा रहेको प्रष्ट हुन्छ। यथार्थता केही बर्ष यता युएईका तिज कार्यक्रमका बिबादित प्रसङले देखाई सकेका छन। झण्डै ५० हजार (ठयाक्कै डिटेल त छैन म सग अनुमान) का हाराहारिमा युएई रहेका दिदिबहिनिहरु लाई पटक पटक सोध्न मन लाग्छ । के तीज परदेशमा मनाईरह्दा ३/४ महिना अगाडि बाट बिज्ञापन दिनु पर्छ र? घरदेशमा बीउ राखेर मात्र सकिने दिनमा परदेशमा तीज लागि सक्छ? हो परदेशी थलो भनेको छुट्टी पाईदैन अरुको गुलामी गर्नु पर्छ, घरदेशमा बीउ राखेर रोपेर धान गोड्ने समयमा मनाईने तिज पर्व परदेशमा कस्तो रहर हो यो र अरुका अगाडि झकिझकाउ हुनु पर्न कस्तो बाध्यता हो यो? तीजका नाममा पश्चिमी संस्कृतिमा लुप्त हुदै बजाईने गीत र देखाईने दिदिबहिनीका नृत्य तिजलाई झल्काउने मर्मस्पर्शि नभयर यो कस्तो आधुनिकताको प्रचलन हो? के हामी ठाडो संस्कृति प्रति झुकाब हुनुपर्न हो ?

मैले यसरी लेखी रह्दा म प्रति धेरै प्रश्न खडा हुनेछन मलाई थाहा छ तर मातृभूमि मा जुन पार्दर्शिता र मौलिकतामा तीज मनाउछौ त्यही तरिका र सहजपन हुन नसके पनि तिनै समय र तिनै कार्यक्रममा देखाईने तामझाम के हाम्रो श्रमिक जिवनले धान्न सक्छ त? हो मलाई यो पन थाहा छ दाजुभा बिना परदेशका कार्यक्रम मा सहजता छैन, तर नारी यति कमजोर पनि छैनन एउटा तीजको कार्यक्रम का उदघोषण र माईक मै गीत गाउन लाई दाजुभाइ कै साहारा लिन परोस।मैले आज सम्म देखेका कार्यक्रम मा दाजुभाइ लाई गीत गाउन लायर दिदिबहिनीको प्रतिनिधित्व गर्दै कार्यक्रम मनाईन्छ, र दाजुभाइले आदर्शताबादीका भाषण दिईरह्दा तै कार्यक्रम किन र के का लागि गरियको हो चटक्कै बिर्सियर पुरुषको पुरुष्वार्थको तारिफ गर्दै ताली ठटाउदै तिज कार्यक्रम दिदिबहिनी का आँसु रोदन र बेदनाका पोका खोलिने दिन भनेर कार्यक्रम हल ले नै बिर्सियर गटटट ताली पररर पारीरहन्छौ ।

मलाई थाहा छैन यहाका ठुलाबडा (मैले माथी पनि संबोधन गरि सके) हरुले तीज केबल मनोरञ्जनात्मक रुपमा लिनु भयको छ या मौलिकतामा तीज संरक्षण होस भन्ने चाहानुहुन्छ? या बिकृती भित्रियोस भनेर? संस्कृति सम्पदा र मौलिक हकका बिषयमा केही बर्ष यता युएईमा देखियको पश्चिमी होडबाजी र परदेशमा गरिने कार्यक्रमहरुले भाबी दिनमा कस्ता तीज हुने हुन हेर्न बाकी नै छ? भाबी दिनले बताउने नै छ । बिगतका दिनमा धेरैजसो कार्यक्रम मौलिक भनिय पनि मौलिकताका नाममा अदभुत (अनौठो प्रकार) हुने गरेको पाईन्छ । दिदिबहिनी नचाईने कार्यक्रम आयोजना गरेर दाजुभाइ नचाउने त्यो पनि नशाका तालमा कतिपय कार्यक्रम देखिय पनि र भयका पनि छन ।

दिदिबहिनीका रोदन र आसुलाई कोकिल कण्ठ मुक्तले वेदनाका पोका खोलिने दिनमा दाजुभाइको चापिलो मावल नि माईक्रोफोन सगैको दर्बिलो आवाजले भाबी दिनमा मौलिकतालाई मध्यनजर गरेर कुन दिदिबहिनी ले छमछम थपडी बजायर मादलका तालमा गीत गाउन निस्कने छन त ? के मौलिक तीज भनेको साउण्ड सिस्टम बजायर अर्काका गीतमा नाच्ने चलन हो त ? या दाजुभाइ नचायर भरपुर मनोरञ्जन लिने अनौठो प्रवृती हो? लाग्छ आजकाल अनौलमा छ संस्कृती र चाडपर्व पनि, अनि दिदिबहिनी को नाममा गरिने देखावटी कार्यक्रमहरु पनि अच्चम त यी कुरा लाग्छ, परदेशी थलोमा घरदेशको सम्झना मेटाउन गरियका कार्यक्रमको जुधाई र सहयोग रसिद भन्दै ठेली काटिने प्रवृती अनि दिदिबहिनीका सहयोगी भन्दै देखाईने तिनै १९ अौ शताब्दीका पुरुषहरुका पुरुषवार्थहरु अझ अनौठो त यहानिर लाग्छ युएईमा हुने गरेका हप्तै पिच्छेका कार्यक्रम अनि ती कार्यक्रमका जुधाई तछाडमछाड र झमटाझमटीले अनौठो आभाष दिलाउछ ।त्यसमा पनि हप्तै पिच्छेका मुभी रिलिजमा दिदिबहिनी का तार्गेट बनाईने प्रवृतीले एउटा श्रमिकका तलबले धन्न घरदेश देखी परदेश सम्मका सबै कुरा कसरी थाती राखेका छन होला । चाडपर्वका नाममा स्वदेशी राष्ट्रिय स्तरका कलाकारिता देखि २ बर्षमा बिदेश भित्रीय पछि सबै कुरामा पोख्त बनेका कलाकारिताले चारैतिरको मौलिकतामा परेका पश्चिमी संस्कृतीका आधीबेरिले तीजको मौलिकता परदेशी थलोमा कता लैजाने हो ? चासो तिब्र नहोला भन्न सकिन्न ।

२०७५ भाद्र ५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको