युएईमा हुने तिज कार्यक्रममा ‘बोल माया’को गायिका शान्तिश्री परियार संगै अन्य कलाकारहरु आउदै


साउन ५, युएई । हिन्दु नारीहरुको पर्ब हरितालिका तिज अबसरमा युएईमा ‘दाङ, प्युठान, रोल्पा संयुक्त तीज बिशेष कार्यक्रम २०७५’ हुने भएको छ । उक्त कार्यक्रम युएईमा रहेका संस्थाहरु दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईको संयुक्त आयोजनामा हुने भएको हो ।

युएईमा स्थापनाकाल देखि सक्रिय रहेका प्रदेश ५ अन्तर्गतका छिमेकी जिल्लाहरुको संयुक्त तिज कार्यक्रममा पछिल्लो समय निकै चर्चामा रहेको ‘बोल माया’ गीतका चर्चित गायिका शान्तिश्री परियारको बिशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

शान्तिश्री परियार संगै ‘रुँदै-रुँदै तिम्रो शहर छोड्ने बेला भयो’ गीतका चर्चित लोक गायक म्याक्सम खाती र चुई-चुई चुइकने जुत्ता गितका चर्चित लोक गायक दिपु मगर युएई आउने भएका छन् । उनीहरुलाई युएईमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले साथ् दिने छन ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमका साथै तिज बिशेष कार्यक्रम भएको हुँदा तिज सम्बन्धि प्रस्तुति समेत रहने आयोजक समितिले बताएको छ ।

कार्यक्रमको ब्यबस्थापनका लागि तिन जिल्लाका प्रतिनिधिहरु सम्मिलित ११ सदस्यीय ‘कार्यक्रम संयोजक समिति २०७५’ गठन गरिएको छ । उक्त समितिको संयोजकमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएइका सल्लाहकार दिलाराम वली रहेका छन्, भने दाङ देउखुरी समाजवाट ४ जना, प्युठान स्वर्गद्वारी समाजबाट ३ जना, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजबाट ४ जनाको प्रतिनिधिहरु सहभागी रहेका छन् ।

सुक्रबार बरदुबईमा बसेको संयोजक समितिको बैठकले कार्यक्रमलाई भब्य र सभ्य बनाउने बारे व्यवस्थापकीय कार्यविभाजन गरेको छ । ‘संयुक्त तीज बिशेष कार्यक्रम २०७५’ कार्यक्रम यहि आउदो सेप्टेम्बर ७ तारीखमा बरदुवइको देरा स्थित कार्टन टावरको हलमा हुने भएको छ ।

तिज बिशेष कार्यक्रम दिउसो १ बजे देखि सुरु हुने संयोजक दिलाराम ओलीले बताएका छन् ।

कार्यक्रम बारे भिडियो हेर्नुहोस:

 

५ श्रावण २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको