यस्तो देखियो चलचित्र ‘आरोप’को ट्रेलर (भिडियोसहित)


काठमाडौं । नेपाली कथानक चलचित्र ‘आरोप’को ट्रेलर बिहीबार रिलिज भएको छ ।

दिलाशा क्रियशनको ब्यानरमा राजु राउत र दयाराम गहतराजको प्रस्तुति तथा दिनेश पाठक र बिजय सापकोटाको निर्माण रहेको आरोपको निर्देशन अमर ओलीले गरेका छन्।

चलचित्रमा एसके अधिकारीको गीत, गणेश चौधरी र एसके अधिकारीको संगीतमा राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, नित्याशिवा र मनिषा पोख्रेलको आवाज रहेको छ।

कमल राईको नृत्य, छायांकन बिरेन्द्र भट्ट, द्वन्द सानू कुमार मर्हजन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको आरोप मुभी मा संचिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी, रिचा थापा, सुशील पोख्रेल, प्रेम खड्का, रश्मि भट्टको अभिनय रहेको छ।

चलचित्र आरोप आगामी माघ ११ गते नेपाल अधिराज्यभरी रिलिज हुने निर्माण पक्षले जनाएको छ।

५ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको