पुथा उत्तरगंगा गाउँपालिकाको मैकोटमा छड्के बजार अनुगमन


कर्मसही घर्ती मगर/पुस ५, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं १ मा १ नं वडा कार्यालयले छड्के बजार अनुगमन गरेको छ ।

१ नं वडा कार्यालयको संयोजकत्वमा प्रशासन , स्वास्थ्यकर्मी, कर्मचारी ,बुद्धिजीवी, शिक्षक तथा पत्रकारको टोलीले छड्के बजार अनुगमन गरेको हो । बजारमा डेथ स्पायर खाद्द सामग्री बिक्रीवितरण हुने भएकोले गाउँपालिकाको कार्यालयलाई जानकारी गरेर यो अनुगमन गरिएको कुरा १ नं वडा का. वा . अध्यक्ष नन्दजीत पुनले बताएका छन् । ” पहिलो अनुगमनमा सचेतना दिने काम मात्र भयो । यो दोश्रो पटक हो , अहिले चाहिँ अखाद्द बस्तुको समूल नष्ट गरेका हाैँ ।’

“म्याद सकिएको खाद्द सामग्रीको प्रयोगले मानवीय जीवनमा निकै प्रभाव पारेको हुन्छ । अनावश्यक रोगहरूको मूल कारणमध्ये यो पनि हो ‘ स्वास्थ्य चाैकी मैकोटका हे. अ. समीर गिरीले बताए ।

उनले भने -” म्याद सकिएका खाद्दबस्तु र औषधीहरूले तत्काल प्रभाव नपारे पनि दीर्घकालीन असर पर्ने हुँदा यस्ता सामग्रीहरूको बिक्रीवितरणमा रोक लगाउनु परेको हो । यसको नष्ट गर्नै पर्छ । ‘

” भर्खर तीन दिन मात्र भएको छ यो बिस्कुट लिएको , तलैबाट यस्तो म्याद सकिएको सामान पठाइदिएछन् । ‘ पसल व्यवसायी धनजी पुनले भनिन् ।

” एक दुईवटा सामान म्याद सकिएको हुन सक्छ । अबका दिनमा सचेत हुनु पर्ने आवश्यकता पक्कै देखियो । यो राम्रो कुरा हो । ‘ उद्योग बाणिज्य संघ रुकुमका सदस्य माइतराज घर्तीले बताए ।

बिहान ९ बजेबाट मैकोटका सबै पसलहरूमा छड्के जाँच गरिएको थियो । १ नं वडा कावा अध्यक्ष नन्दजीत पुन , सदस्य मग बहादुर कामी , प्रसनी धर्म ब. राउत , प्रह कुल ब खत्री , हे. अ. समीर गिरी , शिक्षक हस्तिमान पुन , बुद्धिजीवी धन पुन , पत्रकार कर्मसही घर्ती मगरले अनुगमनमा सहभागी जनाएका थिए ।

नष्ट गरिएका म्याद सकिएका खाद्द सामग्रीहरू

बम बहादुर शाही

प्रोस्थल तेल – ४५ पीस, चिल्ली सस – ६ पीस, टोमाटो सस – ३ पीस

ढकल कामी
प्रोस्ठल – २, टोमाटो/चिल्ली सस – ११

बीरमान कामी

पानीपुरी मसला – १६ पीस, मीट मसला – २ पीस, सेञ्चुरी मसला – ३ पीस, बिस्कुट – २ पेक

पाना गुरुङ

चकलेट – ४ पोका, सब्जी मसला – २ पीस, बिस्कुट – २ प्याक

राजिन घर्ती

बिस्कुट – १४ प्याक

अमरधन पुन

बिस्कुट – १ पेटी, प्रोस्थल तेल – ३७ पीस

माइतराज घर्ती
चकलेट – ८ पोका

सिद्धमान गुरुङ
बिस्कुट – ३ प्याक, चकलेट – ३ पोका, कोलगेट – १८ पीस

केशरी शाही
ग्लूकोज – ११ पीस, बेसार – ९ पीस, टोमाटो/चिल्ली सस – ५ पीस

५ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको