जब भारी बोकेर ओबामा अस्पताल पुगे (फोटो/भिडियो)


पौष ०५, काठमाडौं ।अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले भारी बोकेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

अमेरिकी मिडियाको अनुसार पूर्वराष्ट्रपति ओबामाले धोक्रो बोकेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँड्न वासिङ्टन डिसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेका हुन्।

वासिङ्टन पोस्टले लेखेको समाचार अनुसार सान्ता क्लजले लगाउने पहिरनमा पूर्वराष्ट्रपति ओबामालाई भारी बोकेको देखेर अस्पतालमा रहेका व्यक्ति आश्चर्यचकित परेका थिए। उनले त्यहाँ उपचारत बालबालिकासँग सेल्फी खिच्न समेत भ्याए र अभिभावकलाई सहानुभूति दिए। ओबामाको उक्त कार्यले चौतर्फी तारिफ पाएको छ।

हेर्नुस् भिडियो।

२०७५ पुष ५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको