नेकपा बैठक: सामूहिक प्रणालीमा निर्णय लिन सुझाव


पुस ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा सोमबार पनि पार्टी नेतृत्व र सरकारको कामबारे समीक्षा गरियो ।

सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न नसकेको र नेतृत्वले पार्टी एकताको बाँकी कामलाई समेत तीव्रता दिन नसकेको गुनासो नेताहरूको थियो ।

पार्टी मुख्यालय धुम्बाराहीमा शनिबारदेखि जारी बैठकमा बुधबार नेताहरूले विधानअनुसार पार्टी नेतृत्व नचलेको, पार्टी एकता घोषणा भएको सात महिना भइसक्दासमेत एकता प्रक्रियाले तीव्रता नलिँदा कार्यकर्ता र शुभेच्छुक जनतामा समेत निराशा छाएको बताए ।

पार्टी प्रक्रियाअनुसार सामूहिक रूपमा निर्णयहरू गर्न नेताहरुको नेतृत्वलाई सुझाव छ । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

२०७५ पुष ५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको