खकेन्द्र केसी/मंसिर ४, सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले अाज अाफ्नाे २४ अाैँ स्थापना दिवस मनाएकाे छ । २०५२ मंसिर ४ गते तदर्थ समितीकाे रुपमा स्थापनमा भएकाे शाखाले पहिलाेपटक २४ अाैँ स्थापना दिवस मनाएकाे हाे ।
स्थापना दिवस कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथी पर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले केक काटेर गरेका थिए । कार्यक्रममा बाेल्दै उनले पत्रकार सधै राज्यकाे बिपक्षमा भएर काम गर्नुपर्ने बताएका छन् । उनले अहिलेका जनप्रतिनिधिहरु अझै केहि पुरानै प्रवृतीमा भएकाले नयाँ व्यवस्थामा ल्याउन पत्रकारले भुमीका खेल्नुपर्ने बताए ।
उनले भने-“जति नागरिकलार्इ जवाफदेहि बनाउन सकिन्छ, त्यसकाे फल मिठाे हुन्छ ।” गलत बाटाेमा जाने जाे काेहिलार्इ पनि सहि बाटाेमा ल्याउन प्रकारले बिषेश भुमिका खेल्नुपर्ने उनले बताएका छन् ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पत्रकारले समाचार लेख्दा तिखाे र गाेली जाने खालकाे लेख्नुपर्ने बताएका छन् । सत्य र निष्पक्ष तरिकाले पत्रकारले समाचार लेख्नुपर्ने भन्दै उनले अावाज नहुनेकाे अावाज बन्नुपर्ने बताएका छन् । उनले भने- “पत्रकार सबैकाे साझा बन्नुहाेस्, पक्ष विपक्षमा नरहेर अाफ्नाे कर्तव्यकाे पनि पालना गर्नुहाेस् ।”
कार्यक्रममा प्रमुख अतिथी सांसद बस्नेत, बिशिष्ट अतिथी जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरी प्रकाश बुढाथाेकी, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाही, ससस्त्र प्रहरी सल्यानका प्रमुख डिएसपी विमल डाँगी, नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष रमेश गाैतम, केन्द्रिय सदस्य टेकराज शाही, शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठ, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरज भण्डारी लगाएतकाे सहभागीता रहेकाे थियाे ।
महासंघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माकाे अध्यक्षता र उपाअध्यक्ष भरत कुमार बस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रकाे संचालन सहसचिव शिव डाँगीले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष तथा संयाेजकहरुलार्इ सम्मान पत्रले सम्मान गरिएकाे थियाे । त्यसैगरी जिल्ला अस्पताल सल्यानमा बिरामीहरुलार्इ अहिले सम्म सबैभन्दा धेरै रक्तदान गर्ने हिमाल यात्री र पत्रकार डिल्लीराज रावतलार्इ सम्मान गरिएकाे थियाे । यात्रीले अहिलेसम्म ५ पटक र रावतले ४ पटक रक्तदान गरिसकेका छन् ।
सल्यानमा २०५२ साल उता केहि रुपमा पत्रकारीता सुरु भएपनि सबै पत्रकारहरुकाे साझा संगठन निर्माण गरेर पत्रकारीता सुरु भएकाे २३ बर्ष पुरा भएर २४ बर्षमा प्रवेश गरेकाे छ । २०५२ मंसिर ४ गतेबाट नेपाल पत्रकार महासंघ सल्यानकाे अाैपचारीक सुरुवात भएकाे थियाे ।
नेपाल पत्रकार महासंघकाे केन्द्रबाट जिल्ला शाखा अनुमती नपाएपनि २०५२ मंसिर ४ गते देखि २०६४ मंसिर २१ गते १२ बर्षसम्म तदर्थ शाखा गठन गरेर सल्यानमा सबैकाे साझा पत्रकारहरुकाे संस्था नेपाल पत्रकार महासंघ सल्यान तदर्थ शाखा चलाइएकाे थियाे । याे अवधीमा जिल्लामा क्रियासिल १५ जना सदस्य नपुगेकाले केन्द्रबाट शाखा ल्याउन नसकिएकाे नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष रमेश कुमार गाैतमले बताए ।
महासंघबाट जिल्ला शाखा विस्तार गर्न शाखामा १५ जना किर्याशिल पत्रकार हुनुपर्ने भएकाले १२ बर्षसम्म महासंघबाट जिल्ला शाखाकाे अनुमती ल्याउन नसकेकाे उनले बताए । तर पनि तदर्थ समिती गठन गरेर सल्यानमा महासंघकाे जस्तै काम गरेकाे उनकाे भनार्इ छ ।
महासंघबाट शाखाले २०६४ मंसिर २१ गते जिल्ला शाखा निर्माण गर्ने अनुमती पाएकाे थियाे । त्यस उता र यता गरी हालसम्म ५ जना अध्यक्ष तथा संयाेजक भइसकेका छन् ।
उक्त २४ बर्षकाे अबधीमा अधिवेशन तथा भेला ८ पटक भएर ८ अाेटा कार्यकाल छनाेट गर्दा केहि व्यक्ती भने दाेहाेरिएका छन् ।
सुरमा २०५२ मंसिर ४ गते तदर्थ शाखा गठन गर्दा संयाेजकमा हरिशरण आचार्य चयन भएका थिए । त्यसकाे ४ बर्षपछि फेरी तदर्थ शाखाकाे भेला हुँदा २०५६ असोज २० गते शालिकराम शर्मा सभापति भएका थिए ।
त्यसैगरी २०६१ माघ ७ गते उत्तम हमाल सभापतिमा तदर्थ शाखा निर्माण गरिएकाे थियाे । २०६४ मंसिर २१ गते नेपाल पत्रकार महासंघबाट जिल्ला शाखाकाे स्वीकृती प्राप्त भएपछि ६४ माघ २१ गते उत्तम हमालकाे सभापतिमा जिल्ला शाखा निर्माण भएकाे थियाे ।
त्यसपछि क्रमस जिल्ला शाखा हुँदै २०६७ माघ २७ गते रमेश कुमार गौतम अध्यक्षता,
२०७० फागुण २७ गते शालिकराम शर्मा अध्यक्ष, तत्कालिन अध्यक्ष सालिकराम शर्माकाे मृत्यु पछि २०७३ साल जेठ २० गते सनत कुमार शर्मा कार्यबहाक अध्यक्ष र हाल अाएर २०७३ फागुण २१ गते प्रतीक इच्छुक शर्मा अध्यक्ष भएका छन् ।
यसरी ८ कार्यकाल सम्म पत्रकारहरुकाे साझा संस्थाकाे रुपमा नेपाल पत्रकार महासंघ सल्यान संचालन भइरहदा दुर्इ पर्व अध्यक्षहरुकाे मृत्यु भइसकेकाे छ । पुर्व अध्यक्ष उत्तम हमाल र पुर्व तत्कालिन अध्यक्ष शालिकराम शर्मा संसार छाेडेर गइसकेका छन् ।
त्यसैगरी स्थापना दिवसकाे अवसरमै नेपाल पत्रकार महासंघ सल्यान शाखाकाे लागी तिन अाेटा अक्षकाेष स्थापना भएका छन् । महासंघ सल्यानका पहिलाे संयाेजक हरिशरण अाचार्यले अाफ्नाे नाममा ५० हजार ५१ रुपैयाँकाे हरिशरण अाचार्य स्थापना अक्षकाेष स्थापना गरेका छन् ।
त्यस्तै शारदा नगरप्रमुख सुरेश अधिकारी र उनकी श्रीमती कल्पना अाचार्यले अाफ्नी स्वर्गीय छाेरी अजिता अधिकारीकाे नाममा ५० हजार राशीकाे अक्षकाेष स्थापना गरेका छन् । रेडियाे शारदाले पनि महासंघ सल्यानका पुर्व अध्यक्ष शालिकराम शर्माकाे नाममा १० हजार राशीकाे शालिकराम अक्षकाेष स्थापना गरेकाे छ । यी ३ अक्षकाेषबाट बर्षेनी ३ जना पत्रकारलार्इ सम्मान गरिने छ ।
यसैबिच प्रेस युनियन सल्यानले स्थापना दिवसकाे बिराेध गरेकाे छ । स्थापना दिवसकाे मिती गलत भएकाे भन्दै अाफ्नाे बिराेध भएकाे युनियनका सल्यान जिल्ला अध्यक्ष रेशम डिसीले बताए । उनले नेपाल पत्रकार महासंघकाे स्थापना २०६४ मंसिर २१ गते भएकाे दावी गरेका छन् ।
२०६४ मंसिर २१ गते शाखा स्थापनाकाे लागी केन्द्रबाट अनुमती पाएकाेले त्यही मितीलार्इ अाधार मानेर स्थापना दिवस मनाउनुपर्ने उनले बताए । २०६४ मंसिर २१ गते केन्द्रबाट स्वीकृती प्राप्त गरेर माघ २१ गते सल्यानमा पत्रकार महासंघकाे प्रथम अधिवेशन सम्पन्न गरेर अध्यक्षमा स्वर्गीय उत्तम हमाल चयन भएकाे प्रेस युनियनले जनाएकाे छ । तर कार्यक्रममा युनियनबाट महासंघकाे उपाध्यक्ष बनेका भरत कुमार बस्नेत सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस