नाति स्वीकार तर बुहारी अस्विकार !


‘प्रकाश प्रति मेरो प्रेम बगिरहेको छ’, प्रकाश दाहाल भौतिक रुपमा यो संसारमा छैनन्, उनैको सम्झनामा श्रीमती सिर्जना त्रिपाठीले स्मृतिको पानामा प्रेम बगाई रहेकी छन ।

तर प्रचण्ड परिवारले सिर्जना त्रिपाठीलाई बुहारीको अस्तित्व स्वीकार गर्न सकेन । उनैबाट जन्मिएका प्रसिद्द दाहाल नातिलाई भने स्वीकार गरेको छ ।

प्रकाश भौतिक रुपमा यतिबेला यो धर्तीमा छैनन् । उनले भौतिकरुपमा यो धर्ति छोडेको एक बर्ष भयो । तिनै प्रकाशको प्रथम स्मृति दिवसको अवसर पारेर मङ्सिर ३ गते खुमलटार निवासमा उनको नाममा ‘स्मृति पुस्तक’ लोकार्पण गरिएको थियो ।

उनको स्मृतिमा धेरैले आँशु बगाए पनि त्यहि भावविह्वल स्मृति सभाबाट प्रचण्ड परिवारले फेरी विभेदको बिरुवा जुर्मुरायो ।

उक्त पुस्तकको अन्तिम पृष्ठमा प्रकाश दाहाल बारे संक्षिप्त परिचय दिएको छ । पत्नीको नाममा बिना मगर लेखिएको छ तर सृजना त्रिपाठीको नाम लेखिएन ।

छोराहरुमा भने सृजना त्रिपाठीद्वारा जन्मिएका प्रशिद्द दाहाल र बिना मगरबाट जन्मिएका प्रणव दाहाल दुवैको समेटिएको छ ।

जिबनभर संगै ज्युने, संगै मर्ने वाचा कसम खाएर सृजना संग लगन गाँठो बाँधेका प्रकाशले ज्यूँदो छँदा उनै माथि सौता हालेर अन्याय गरे, उनि मरेपछि पनि श्रीमतीको दर्जाबाटै हटाइयो ।

नेपालीमा एउटा उखान छ, ‘जो होचो उसैका मुखमा घोचो’ । आफुलाई अन्याय पर्दा पनि प्रचण्ड परिवारको अस्तित्वका लागि विभेदका घाउहरु सहेर मौनतामा बस्ने सृजना त्रिपाठीलाई दाहाल परिवारले होचो ठानेर अन्यायको घोचोले घोची रह्यो ।

प्रकाशका अपवित्र प्रेमका कैयौ घोचाहरु सृजनाले सहिन । एउटी नारीले आफै माथि सौतेला घोचाहरु बर्साएर प्रेममा लुटपाट गर्दा पनि चुपचाप सहेर बसिन ।  हुँदाहुँदै आज वुहारीको दर्जाबाट बिमुख बनाएर दाहाल परिवारले सिर्जनाको जिन्दगीमा बल्झिएका घाउहरुमाथि फेरी नुन-चुक छर्कीए ।

सृजना त्रिपाठीको मनमा दाहाल परिवार प्रति पाप पलाएको भए, मिडियाबाजी गरेर, ससुरा प्रचण्ड दाहालको राजनीतिलाई धरासायी बनाउन सक्थिन । तर सारा अन्यायका घोचाहरू सहेर दाहाल परिवारको राजनीतिक अस्तित्व बचाउन, आफ्नो ज्यूँदो आत्मालाई मृत आत्मा सरि बनाइन ।

यसरि सहेर बस्ने सृजनालाई मान्छेहरुले निर्जीव मनको उपमा दिए । अन्याय सहेर बस्ने लाचारी पन भने । तर पनि उनि सहदै आइन… सहि रहिन र यसरि नै प्रकाश प्रति आफ्नो अथाह प्रेम बगाई रहिन ।

पुरुषवादको चपेटामा चरम स्खलित भएको नेपाली समाजमा प्रेम त्याग नारीहरुले नै गर्नु पर्छ । बरु पुरुषहरु आफूमाथि सौता हालिरहुन र महिलाहरु आँखा चिम्लेर सहेर बसुन र आफुलाई देवत्वकरण गरुन । यस देशका महापुरुषहरुले एउटी महिलालाई हेर्ने आत्मा यहि हो । जुन आत्मा प्रचण्ड परिवारमा बारम्बार स्खलित भयो ।

सृजना त्रिपाठीले भने कसैको प्रेमको लागि मौन ब्रत बसे पनि अब भने समाजका छोरीहरुको समानता र न्यायको लागि बर्षौ देखिको मौनता तोड्नै पर्छ । (टिप्पणी)

 

४ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको