विप्लप नेकपाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै !


मङ्सिर ४, काठमाडौ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारीकाबारे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने भएको छ।

जनसभा र प्रदर्शनको तयारि बारे मङ्सिर ५ गते दिउसो १ बजे रिपोर्टर्स क्लब भृकुटीमण्डप काठमाडौमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी सम्बद्द क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पोष्टपाटीलाई बताए ।

जनसभाको व्यवस्थित प्रचारप्रसारका लागि काठमाडौँमा आयोजित प्रचारप्रसार उपसमितिको बैठकमा पार्टी प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्ड, स्थायी समिति सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, पार्टी पिविएम अनिल विरहीको विशेष उपस्थितिमा बसेको बैठकले कार्यक्रम बारे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नेकपाले गर्ने भनिएको मङ्सिर ८ को जनसभा र प्रदर्शनलाई विशेष महत्त्वका साथ हेरिरहेको वेला पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्नुलाई राजनीतिक वृत्तमा भने थप चासोका साथ हेरिएको छ ।

आगामी ८ गतेको जनसभा तथा प्रदर्शनको लागि प्रचारप्रसारलाई अाक्रमक ढंगले देशव्यापी गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलन सयोजक रहेको उपसमितिले प्रचारप्रसारलाई व्यवस्थित गर्न विभिन्न चरणका छलफल तथा बैठक समेत बस्दै आएको छ ।

जनसभाको प्रचारप्रसारलाई देशव्यापी तीव्र पारेको नेकपाले अन्तिम तयारि बारे पत्रकार सम्मेलन गरेर जानकारी गर्ने भएपछि सरकार भने ससंकित बनेको नेकपा स्रोतले जनाएको छ ।

२०७५ मंसिर ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको