प्रदिप राई/ मङ्सिर ४, खोटाङ । खोटाङ जिल्ला अन्तरगत पर्ने दिप्रुङ चुईचुम्मा गाउँ पालिका ४ बतासेमा गायन बतासे आईडल सिजन —२ हुने भएको छ ।
गाउँ बस्तीहरुमा अबसर नपाएर ओझेलमा परेका सम्पुर्ण प्रतिभाहरुलाई प्रोत्सान, उत्साह , हौसला र सम्मान गर्ने उद्देश्यले ग्रामिण सेवा समाज भुल्केको आयोजनामा बतासे आईडल सिजन —२ हुन लागेको स्थानीय समाजसेवी राजदेश राईले जानकारी दिए ।
आयोजकका अनुसार आफ्नो क्षेत्रलाई बढी मान्यता राख्दै बतासे भरिको गायक तथा नव सर्जकहरुको प्रतिभालाई मुख्य मान्यता दिईने छ । वडा स्तरिय तथा बतासे स्तरिय भएकाले बतासे क्षेत्रमा हुने गायन प्रतियोगितामा बतासेका विभिन्न बिद्यालयमा अध्ययनरत १७ बर्ष मुनिका विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ।
उक्त प्रतियोगिताको छनौट प्रक्रिया भने चार भागमा हुनेछ । पहिलो छनौट प्रक्रिया, दोस्रो प्रवेशिका प्रक्रिया, तेस्रो डेन्जर प्रक्रिया र चौथो फाईनल प्रक्रिया हुनेछ ।
छनौट प्रक्रियाको लागि सहभागी हुने विद्यार्थीहरुकै स्वयम आफ्नो विद्यालयका शिक्षक—शिक्षिकालाई छनौट गर्ने जिम्मा दिइनेछ ।
कार्यक्रम यहि मंसिर ५ गतेदेखि प्रत्यक बिधालयमा पहिलो छनौटको लागि आयोजक टोलि साथै निर्णायकहरु जानेछन् ।
आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवेशिका राउण्ड भने बतासेस्थित भण्डारी डाँडा उच्च माध्यामिक बिधालयमा हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले ८ हजार नगदसहित ट्रफि, ठुलो डिस्नेरी किताब र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले २ हजार नगद, मेडल, डिस्नेरी किताव र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगिले १५ सय नगद, मेडल, सामान्य ज्ञानको किताब र प्रमाणपत्र प्राप्त गर्नेछन, चौथो हुनेले १ हजार नगत र मेडल, सामान्य ज्ञानको किताब र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको निर्णायकहरुमा सुवास सर्जन राई, तोरेम्पा, सुर्य किरण राई र एक जना महिला गरि चार जना हुनेछन ।
आइडलको प्रायोजक राजेश राईको रहेको छ भने उक्त कार्यक्रममा उद्घोषक कैलास राईले गर्ने सस्थाका सचीव नारायण राईले बताए ।
प्रतिक्रिया दिनुहोस