दाङमा बाेल्न नसक्ने महिलामाथि बलात्कार प्रयास, ४ जना पक्राउ


कात्तिक ३, दाङ । लमही नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय महिलामाथि बलात्कार प्रयास भएको छ ।

गएको शनिबार राति ११ बजे आफ्नै घरमा जबरजस्ती करणीको प्रयास भएको पीडित महिलाले बयान दिएकी छिन् । पीडित महिलाले कान कम सुन्ने र बोल्न सक्दिनन् ।

गएको शनिबार राती ११ बजे उनका श्रीमान नाच हेर्न गएको र घरमा दुई छोरीसँग बसेको बेला लमही नगरपालिका वडा नम्बर १ कै बम्बर चौधरीले जबर्जस्ती करणीको प्रयास गरेको पीडित महिलाले बयान दिएकी छिन् ।

यस्तै, दाङको लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी १५ वर्षीय युवती माथि पनि बलात्कार प्रयास भएको छ । गएको बिहीबार लमही नगरपालिका वडा नम्बर ७ फचकपुर गाउँ नजिकैबाट साँस्कृतिक कार्यक्रमको नाच हेरेर घर जाने क्रममा १५ वर्षीय युवतीमाथि जबरर्जस्ती करणीको प्रयास भएको हो ।

१५ वर्षकी युवतीलाई चार जना युवकले जबरजस्ती करणीको प्रयास गरेको पीडितले बयान दिएकी छिन् ।

जबरजस्ती करणीगर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ७ निवासी परिवर्त बुढा, अभिषेक बोहोरा, लाटा नामले चिनेने रुपलाल घर्ती मगर र धर्मबहादुर बुढाथोकी रहेका छन् । आरोपीहरुलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको