दाङमा बस र मोटरसाईकल ठोक्किँए, दुई जनाको अवस्था गम्भीर


कत्तिक ३, दाङ । दाङ देउखुरीमा बस र मोटरसाईकल एक आपसमा ठाेकीदा २ जना गम्भीर घाईते भएका छ्न ।

प्युठान देखि भालुवाङ आउदै गरेको रा १ ख ५५३८ नम्बरको बस र लमही देखि प्युठान जाँदै गरेको रा १ प १०८१ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको बताईएको छ ।

घाइतेहुनेहरूमा लमही नगरपालिका वडा नम्बर ५ का २२ वर्षिय राजन गुप्ता र लमही नगरपालिका वडा नम्बर ३ का अशोक चौधरी घाइते भएका प्रहरी बताएको छ ।

घाइतेको स्वास्थ्य चौकि भालुवानमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

यस्तै शुक्रबार बिहान राप्ती गाउँपालिका २ बराखुटीमा मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका ४ माैरीघाट निवासी ३८ वर्षिय शैलेन्द्र चाैधरीको मृत्यु भएको थियो ।

पुर्वबाट पश्चिम तर्फ गइरहेको रा १ प ७०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चाैधरीको फ्लाेरेन्स अस्पताल लमहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको