अमृतसर दुर्घटना: आफू मरेर ‘रावण’ले यसरी बचाए कयौको ज्यान


कात्तिक ३, अमृतसर । भारतको अमृतसरमा दशहरे मेला (रावणबध) का दिन शुक्रबार भयानक रेल दुर्घटना हुन पुग्यो ।

यसक्रममा रामलीला हेर्न आएका कम्तीमा ५९ जनाको रेलले किचिएर ज्यान गयो । रावणवध हेर्नकै लागि केही आफ्नो बच्चा र कोही बाबुआमाका साथ पुगेका थिए ।

रावण बधसँगै आफ्नो जीवन लीलापनि समाप्त हुन्छ भन्ने कल्पनासम्म पनि गरेका थिएनन् , उनले । तर जे सोचिएको थिएन त्यै भइदियो अर्थात दलवीर सिंहले पनि ज्यान गुमाउन पुगे ।

दलवीर सिंह रावणवध कार्यक्रमका कुनै दर्शक होइनन् । उनले सो कार्यक्रममा रावणको भूमिका निभाएका थिए ।

रावणवध कार्यक्रम सकेर आफ्नो ८ महिनाका छोरा भेट्नका लागि उनी घरतर्फ जाँदै थिए । त्यतिबेला रेलको लिक छेउछाउमा दर्शकहरुको भीड थियो । जब उनी घरतर्फ केही पाइला सार्दै थिए त्यतिनै बेला उनले रेलको आवाज सुने ।

लगत्तै उनी रेलको लिकमा रहेका मानिसहरुलाई हटाउन लागिपरे । उनको अग्रसरताले कयौंले ज्यान बचाउन सफल भए । तर बिडम्बना उनी आफैं भने रेलले किचिएर मृत्युवरण गर्न पुगे ।

को हुन् दलवीर ?

२४ वर्षीय दलवीर सिंहले यसवर्ष रामलीलामा रावणको भूमिका निभाएका थिए । दशहरेको दिन जब दुर्घटना हुन पुग्यो त्यसबेला उनी रामलीलाबाट निस्केर रेलको लिक नजिकैबाट घरतर्फ जाँदै थिए । त्यतिनै बेला उनले जालन्धरतर्फबाट तीब्रगतिको रेल देखे र दौडदै लिक आसपासका सर्वसाधारणलाई हटाउन लागिपरे ।

उनको सन्देशसँगै कति भाग्न सफल भएपनि उनी आफैं भने लिकमा फस्न पुगे । घटनापछि उनकी आमाले भनेकी छिन् कि छोरा दलवीरले निकै बहादुरी काम गरेको छ । सिंह आफ्नी विधवा आमा, पत्नी र ८ महिनाका छोरालाई छाडेर सँधैका लागि बिदा भएका छन् ।

मृत्युपछि दलवीरका आश्रित परिवारले श्रीमतीलाई सरकारी जागिरको प्रवन्ध गरिदिन र दुर्घटनामा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार पन्जावको अमृतसरमा भएको सो दुर्घटनामा ६१ जनाको मृत्यु भइसकेको छ भने ५० बढी गम्भीर घाइते भएका छन् ।

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको