रुकुममा खुकुरी प्रहार गरी फरार रहेका सात जना पक्राउ (नामसहित)


कात्तिक ३, रुकुम । रुकुममा एक युवकलाई खुकुरी प्रहर गरी फरार रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ रुघाँमा कार्तिक १ मा स्थानीय २८ वर्षीय कृष्णओली माथि धारिलाे हतियार प्रहार गरी फरार रहेका सात जनालार्इ प्रहरीले प्रकाउ गरेकाे हो ।

पक्राउ पर्नेमा स्थानीय रमेश खड्का, रेशम पुनमगर, जीवन पुनमगर, समिर ओली, यमन पुनमगर, कमल पुन र संगम भनिने बिक्रम बाँठा रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार घटनामा संलग्न पाँच जना शुक्रबार पक्राउ परेका हुन् भने दुई जनालाई शनिबार पक्राउ गरेको हो ।

राँगा काट्ने मेलाबाट फर्किने क्रममा मदिरा सेवन गरेका खड्काको समुहले ओलीलाई आक्रमण गरी घाटिमा खुकुरी प्रहार गरेका थिए । ओलीलाई घाटिमै चक्कु अड्किएको अवस्थाबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको