१४ बर्षिया बालिकालाई जवरजस्ती गर्न खोज्ने रुकुमका एक युवक पक्राउ


कार्तिक ०३, रुकुम । रुकुम(पश्चिम)मा १४ वर्षीया बालिकालाई जवजस्ती करणी गर्न खोज्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ५ लहरे सिमलका २० वर्षीय समिर केसी रहेका छन् ।

घटनामा संलग्न १९ वर्षिय तिलक केसी भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनीहरुले गत असोज २९ गते गाउँमा नाच चलिरहेको समयमा शौचालय गएको बालिकालाई जवरजस्ती हातमा समातेर जंगलतिर लैजाने प्रयास गरेको प्रहरीले जनाएको छ ।

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको