पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि


कात्तिक ३, काठमाडौँ । साउदी अरेबियाको एउटा सरकारी टेलिभिजनले पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि गरेको छ ।

सरकारी टेलिभिजनले खसोगीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि गरेको हो ।

यो मामिलाका डेप्युटि इन्टेलिजेन्स चीफ अहमद अल असीरी र राजकुमार मोहम्मद विन सलमानका वरिष्ठ सहयोगी साउद अल कथानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

पत्रकार खसोगीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ । पत्रकार खशाेगीकाे हत्या भएकाे तथ्य झूटाे भएकाे भन्दै अाएकाे साउदी सरकारले पहिलाे पटक खशाेगीकाे दूतावासमै हत्या भएकाे स्वीकारेकाे हाे ।

खशाेगी राजकुमार मोहम्मद विन सलमानका अालाेचक मानिन्थे र उनी गएकाे वर्षदेखि अमेरिकामा बस्दै अाएका थिए ।

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको