असल क्षेत्रीलाई अमानविय यातना र मानसिक तनाव दिएको खुलासा


असोज ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का ‘असल क्षेत्री’ले गिरफ्तारपछि आफूलाई प्रहरीले अमानवीय यातना र चरम मानसिक तनाव दिएको खुलासा गरेका छन् ।

रूपन्देहिको प्रहरी हिरासतमा रहेको उनले आफन्त सँगको कुराकानीमा जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति भएकोले राजनीतिक व्यवहार गर्न सरकारसँग माग समेत गरेका छन् । नेता कार्यकर्तामा दमन, हस्तक्षेप र गिरफ्तार तत्काल बन्द गर्न तथा झुठा मुद्दा फिर्ता गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

बम विष्फोटको अभियोगमा गत भदौ ५ गते काठमाडौं जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोशाकका प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि भन्दै अहिले उनलाई रुपहन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालय गोलपार्क्िस्थत हिरासतमा राखिएको छ । उनका समर्थक तथा शुभचिन्तकहरु यतिबेला गिरफ्तारीको विरोधमा रहेका छन ।

असललाई गिरफ्तारपछि भदौ ७ गते मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो । खड्काले सरकारले आफूमाथि राजनीतिक पूर्वाग्रहको आधारमा अभियोग लगाएको बताउँदै अस्वीकार गर्दै आइरहेका छन् । आफूले अहिलेसम्म झुठा अभियोग पत्रमा हस्ताक्षर नगरिएको र आफू निर्दोष रहेको उनले बताएका छन् ।

उनलाई ४८ घण्टासम्म अमानविय यातना र मानसिक तनाव दिएको बुझिएको छ । उनलाई अहिले जुन रुपमा राखिएपनि सरकारले पालिएका सिआईवि नामका नरभंक्षी दानवहरुले अपमान गरिएको उनका आफन्तहरुसंगको भेटमा उनले बताएका हुन ।

उनीमाथि बुटवलको एक भारतीय कार्यालय परिसरमा साउन २९ गते बम विष्फोट गरेर क्षति पुर्याएको अभियोग लगाइएको छ । उक्त दिन साउन २२ मा नेकपा प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेर सरकारले झुठा मुद्दा लगाएको विरोधमा नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो ।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको