जेलमा रहेकी नेपाली चेलीलाई स्वदेश फर्कन एनआरएनए जोहोरले हवाई टिकट दियो


असाेज ४ मलेसिया । मलेसिया पेकानास जोहोरवारु जेलमा रहेकी एक नेपाली चेलीलाई एनआरएनए जोहोरले नेपाल फर्किन हवाइ टिकट उपलव्ध गराएको छ। उनको नेपाल उडान २७ सेप्टेम्बरमा हुने भएको छ।

जेलमा रहेका नेपालीहरुलाइ उद्वार गरिने लक्ष्य सहित केहि महिना अघि सम्पन्न एनआरएनए जोहोर र व्यावसायिक समुहको आयोजना साँस्कृतिक कार्यक्रम गरि सो बाट प्राप्त भएको मुनाफाबाट धादिङकी पुजा श्रेष्ठ लाई टिकट प्रदान गरेको एनआरएनए जोहरका अध्यक्ष रबिलाल अधिकारीले जानकारी दिएका छन् ।

एक साल अघि स्थापना भएको एनआरएनए जोहर क्षेत्रले छोटो समयमा यहाँका नेपाली माझ लोकपृय काम गरेको व्यवसायी तथा नेपाली कामदारहरुले बताएका छन् ।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस