प्रहरीद्वारा पक्राउ परेका रोल्पा जिनाबाङका २ युवा रिहाई भए


असोज ४, रोल्पा । असोर २ गते गिरफ्तार परेका रोल्पा सुकिदह (गंगादेव) ३ का स्थानीय २ युवालाई प्रहरीले रिहाई गरेको छ । प्रहरी गिरफ्तारमा परेका स्थानीय युवा सालिक पुन र रेशम ओलीलाई बुधबार एक दिनपछी छोडिएको हो ।

गिरफ्तार परेका युवाहरुलाई प्रहरीले कुनैपनि शारीरिक तथा मानसिक यातना नदिएको सालिक पुनले बताए । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लब’का रोल्पा जनसरकार प्रमुख लाल बहादुर ओली ‘बिश्व’ लाई लिन आएको प्रहरीले बताएको पुनले जानकारी दिए।, प्रहरीले ति युवालाई भनेका थिए, ‘हामी लाल बहादुर ओली ‘बिश्व’ लाई लिन आएका हौ, उनि कहाँ छन ?’

रिहाई पछी दुई युवालाई स्थानीयवासीले स्वागत गरेका छन् । उनीहरुलाई विप्लव कार्यकर्ता भएको आशंकामा नाउलीबाट गिरफ्तार गरेर माडी गाउँपालिकाको घर्तिगाउँ प्रहरी चौकीमा लागेको थियो।

यो पनि पढ्नुहोस् 

रोल्पा जिनाबाङका स्थानीय २ युवा प्रहरीद्वारा पक्राउ

 

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको