सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते


असोज ४, काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ ।

मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ, आजको अनलाइन खबरमा समाचार छ ।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस