हिमालयन जडिबुटी अनुसन्धान कम्पनीको साधारण सभा सम्पन्न


असोज ३, काठमाण्डौ । श्री हिमालयन कृषि तथा जडिबुटी अनुसन्धान कम्पनी लिमिटेडको प्रथम साधारण सभा प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । ५३ जना संस्थापक शेयरधनी सदस्य रहेका उक्त कम्पनीको साधारण सभाले यस आर्थिक वर्षमा रू ६ करोड अधिकृत शेयर पुँजी पुर्याउने निर्णय पारित गरेको छ ।

उक्त सभालाइ सम्बोधन गर्दै सांसद पौडेलले कृषिजन्य उद्योगको विकासबाट नै मुलुक संबृद्द हुने भएकाले कृषि तथा जडिबुटी क्षेत्रमा रहेका अथाह श्रोतहरूको अनुसन्धान, उत्पादन, प्रबर्दन गरी स्थानीय उत्पादनलाइ प्राथमिकता दिदै निर्यात र बजारिकरण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सभाले ङावा टिन्डु शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नया सन्चालक समिति निर्वाचित गरेको छ भने सल्लाहकार समितिमा नाष्टका पुर्ब उपकुलपति प्राडा. सुरेन्द्रराज काफ्ले, बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. ॠषि कुमार काफ्ले, सिए सुजन कुमार काफ्ले, ब्यवसायी भागत कण्ठ श्रेष्ठ र समाजसेवी आङङिमा शेर्पालाइ मनोनयन गरेको छ । कम्पनीको कार्यकारी प्रमुखमा सुवर्ण कुमार अधिकारीलाइ नियुक्ति गरेको छ । त्यसैगरी अधिबक्ता श्यामकुमार खत्रीलाइ कानुनी सल्लाहकारको जिम्मेवारी तोकिएको छ भने सेढाइ एण्ड एसोसिएटलाइ लेखपरीक्षण गर्ने जिम्मेवारी दिइएको छ ।

स्थानीय जनाताको प्रत्यक्ष सहभागितामा कानुनको अधिनमा रहि कम्पनीले आगामी दिनमा सर्बसाधारणहरूका लागि समेत साधारण सेयर (आइपिओ) जारी गर्ने कम्पनी सन्चालक समितिका सचिव सन्तोष काजी श्रेष्ठले बताए ।

कम्पनीको उदेश्य

हिमाली तथा मध्य पहाडी क्षेत्रहरूमा कृषि र जडिबुटी उत्पादन, खोज अनुसन्धान गर्दै आएको कम्पनिले प्रकृतिको उपहार जंगली जडिबुटी उत्पादन र ब्यवसायबाट समग्र राष्ट्रको बिकासमा योगदान पुगोस भन्ने पबित्र उदेश्यले उमाकुण्ड गाउँपालिका १, रामेछापमा जिल्लामा सन्चालित कम्पनिले उक्त क्षेत्रका लोपोन्मुख जडिबुटी उत्पादन, प्रशोधन, अनुसन्धान, बिक्रिबितरणमा जोड दिने र पर्यटन उद्योगलाइ प्रोत्साहन गरिने संस्थापक शेयरधनी पेशल कुमार कुमार खतिवडाले बताए ।

त्यसैगरी स्थानी ब्यक्तिहरूको करिब ८३० रोपनी जग्गामा बैज्ञानिक तरिकाले कृषि गरिने, नर्सरी स्थापना गर्ने, डेरी उधोग, ह्याचरी सज्चालन गर्ने, कोल्ड स्टोरेज प्लान्ट स्थापना गरी डेरीजन्य र जडीबुटीबाट औषधी उत्पादन र बिबिधिकरण गर्ने, आधुनिक कृषि मेसिनहरू खरिद गर्ने, ट्राउट माछा उत्पादन, मत्यस्यपालन, पशु तथा फलफुल खेति गर्ने लगायतका कृषि सम्बन्धि अनुसन्धान र बिबिधिकरण गरिने दीर्घकालीन र बहुआयामिक योजना रहेको छ ।

कम्पनीको पन्चवर्षिय रणनीति

सुखि नेपाली संबृद्द नेपाल भन्ने सरकारी नारालाइ सार्थक पार्न पन्चवर्षिय रणनीतिक योजना तय गरेको छ । आयात प्रतिस्थापन, निर्यात प्रबर्दन, चिराइतो, सुन्तला, लाठे सल्ला, चिया रोप्ने, अंगुर खेति गर्ने, बजारको खोजी गर्ने र दीर्घकालीन बिक्रि सम्झौता गरिने, उत्पादन क्षमताको दायरा बढाउने, अनुसन्धान पदद्तीमा बिशेष जोड दिने, स्थानीय स्तरमा जनचेतनाको बिकास गरी बैदेशिक पलायन रोक्न कृषि पर्यटन र उधोगमा आधारित रोजगार सृजना गरिने र कृषि ब्यवसायिकतामा बिशेष जोड दिने बिशिष्ट लक्ष्यहरू रहेका छन ।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको