असोज ४ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन् ।
चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले भेट्न समय नदिएपछि मलिन मुद्रामा नेपाल फर्किने सुर कसेको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणा भन्दै प्रचण्ड भदौ ३० गते चीनतर्फ प्रस्थान गरेका प्रचण्डलाई चीनले यसरी किन निरास बनायो त्यो भने पछि खुल्दै जाला तर, उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको भन्दै यसैमा चित्त बुझाउन प्रचण्डलाई बाद्यता आइपरेको स्रोतले जनाएको छ ।
काठमाडौंबाट चीन प्रस्थान गर्नुपुर्व उनी चिनियाँ राष्ट्रपतिलाई भेट्ने उनको सचिवालयले जनाएको थियो । तर, चिनियाँ राष्ट्रपतिको ‘व्यस्त सेड्युल’का कारण उनी जिनपिङलाई नभेटी स्वदेश फर्कदैछन् ।
पार्टी एकता भैसकेपछि प्रचण्डले पहिलो पटक भारतको भ्रमण गरेका थिए । भारत भ्रमणलगत्तै उनी चीन गएका हुन् । भारतमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरुसँग भेट गरेका थिए । तर, चीनमा भने उनले शीर्ष नेताहरुसँग भेट गर्न सकेनन्, नेपाल पानाले खबर लेखेको छ ।
प्रतिक्रिया दिनुहोस