असोज ४, रोल्पा । राेल्पा सुकिदह गाउँपालिका उर्फ हालको गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री एकपछी आर्को निरन्तर आरोपहरु झेल्दै आइरहेका छन्। आफ्नै श्रीमतीको नाममा गाउँपालिकाको नाम फेरेपछी जनता सामु विस्तापित हुँदै आएका प्रमुख बिर बहादुर यतिबेला फेरी अर्को संकटमा परेका हुन् ।
गाउँपालिकालाई भ्रष्टचारको बाटोमा लगेकाे अाराेपमा बिर बहादुर केसी विप्लव नेतृत्व नेकपाको तारो बन्दै गएको बताइन्छ । यस्तै त्रासदीका कारण वीरबहादुर आजभोलि आफ्नो अघिपछि स्कटिंगमा प्रहरीसहित हिड्ने गरेको स्थानीयको बुझाइ छ। उनले सुरक्षाको चरम रुपमा दुरुपयोग समेत गरिरहेकाे स्थानीहरूकाे भनार्इ छ ।
गाउँपालिका अध्यक्ष पनि सुरक्षासहित हिडेको देखेर गाउँलेहरु तीन छक्क परेकाे एक स्थानीयले बताए । गाउँलेहरू अाक्राेशित हुँदै भन्छन् ‘देशकै खतम गाउँपालिका यही होला । जहाँ प्रहरीको सहारा लिएर अध्यक्ष हिँडिरहेका छन्’ उनले गाउँका विभिन्न बाटोमा व्यापक भ्रष्टाचार र गाउँपालिकामा कर्मचारी राख्दा आफ्नै मान्छे राखेको प्रमाण विप्लव नेतृत्वको नेकपाले फेला पारेपछि उनी अत्तालिएर प्रहरी सहारा लिएका छन् ।
भ्रष्टाचारबाट बच्न वीरबहादुरले सोमबार प्रहरीलार्इ ठाडाे निर्देशन दिएर विप्लव नेकपाका रोल्पा जिल्ला जनसरकार प्रमुख विश्वको घर घेराउ गर्न र खानतलासी गर्न लगाएपछि स्थानीय जनता आक्रोषित भएका छन् ।
वीरबहादुरको गलत हर्कत देखेपछि यहाका जनता एकजुट भएकाे र उनलार्इ नेकपाले जनकारबाही गर्ने बुझेपछि गाउँपालिका अध्यक्ष केसी प्रहरीको शरणमा गएकाे बुझिएकाे छ ।
सुकिदहका जनता भन्छन् ‘अब हामीहरूले नै वीर बहादुरलाई मोसो दलेर तह लगाउने छौ’ यो खबर जनपाटीबाट साभार गरेका हौ।
प्रतिक्रिया दिनुहोस