तीजको नयाँ कोसेली ‘मेरो राजा’ सार्वजनिक (भिडियोसहित)


भदौ, काठमाडौँ । तीज नजिकिदै गर्दा तीजको गीतहरु धमाधम बजारमा आउन थालेका छन् ।

यहि माहौलमा मौलिक तीज गीत मेरो राजा पनि बजारमा आएको छ । गीतमा गायक देवकोटा र गायिका सिता केसि को आवाज भरिएको छ । बिष्णु जङ्ग शाहको शब्द रहेको गीतमा संङ्गित गायक देवकोटाकै रहेको छ ।

यस गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोलाई धेरै दर्शकहरुले रुचाएका छन् । सुस्मिता बुर्लाकोटी ,मदन खड्का , अमृता थापा र गायक देवकोटाको दमदार अभिनयले गीतलाई जिवन्तता दिएको छ ।

बिरेन्द्र भट्टले छायांकन गरेको यस गीतको भिडियोलाई निर्देशन भने मदन खड्काले गरेका हुन । स्मरण रहोस अमेरिकामा रहेर नेपाली मौलिक गीतलाई माया गर्ने सर्जक बिष्णुजङ्ग शाह नेपाली संगितको दुनियामा आशालाग्दा ब्यतित्व हुन ।

(भिडियो)

४ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको