स्पेनिस ला लिगामा रियलको जितमा बेलको गोल


भदौ ४, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे ।

२० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ भागबाट बेलले क्रस गरेको बललाई गेटाफेका गोलरक्षक डेभिड सोरियाले पञ्च गरेको फालेको बललाई कार्भाहलले सुन्दर हेडरमार्फत गोल गर्न सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । ५१ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पार्यो । यसपटक अघिल्लो गोलको लागि अवसर सिर्जना गरेका बेलले मार्काे एसेन्सियोको पासमा डि–बक्सभित्रबाट गोल गरेका थिए । ५३ औं मिनेटमा एसेन्सियोको प्रहार बारमा लाग्दा रियलले गोल अन्तर बढाउने अवसर गुुमायो ।

गेटाफेविरुद्ध खेलमा पकड जमाएपनि थप गोल गर्न नसक्दा रियलले २–० को जित निकाल्न सफल भयो ।

४ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको