पद्यमोदय क्याम्पस दाङले गर्यो नयाँ विद्यार्थीलाई स्वागत


प्रतिक गोराथोकी/ पुस ०४, दाङ । पद्यमोदय क्याम्पस घोराही दाङका प्रमुख निश्चल आचार्यले हरेक ठाउमा व्यवस्थापन आवश्यक रहेको बताएका छन । आज पद्यमोदय क्याम्पसमा स्नातक तह प्रथम वर्षका आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन । उनले विद्यार्थी सपना र सफलतामा शिक्षा सँग संगै व्याबहारीक ज्ञान पनी जोडीएको बताए ।

त्यस्तै पत्रकार तथा साहित्यकार नविन अभिलासीले एउटा ढुंगाले हजारौ चोट खपेर आफु मुर्ती बन्दछ भन्ने उदाहरणलाई झल्काउदै विद्यार्थी पनी हजारौ दुःख कष्ट र संर्घष गर्दै अगाडी बढ्नुपर्ने बताए ।

शिक्षक विद्यार्थी संमन्वय समितीका अध्यक्ष प्रेम वलीको अध्यक्षता तथा बम बहादुर डि.सी. प्रमुख आतिथ्यता रहेको कार्यत्रममा पद्यमोदय क्याम्पसका अध्यक्ष बम बहादुर डि.सी., क्याम्पस प्रमुख निश्चल आचार्य, पत्रकार नविन अभिलासी र क्याम्पसका शिक्षक विवेक आचार्य लगाएतले बोलेका थिए ।

पारस नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी प्रतिक गोराथोकी र आशा वलीले गरेका थिए ।

४ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको