मेयर विद्यासुन्दरको कार्यलयमा दैनिक ४७ हजारको जलपान


पौष ०३, काठमाडौं । काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूले जलपानमा मात्रै दैनिक ४७ हजार ३०० खर्च गर्दा रहेछन्। आव २०७४/७५ मा उनीहरूले गरेको १ करोड ३४ लाख ४५ हजारलाई कार्यालय खुलेको दिनका दरले हिसाब गर्दा यो अंक निस्कन्छ, यो खबर कान्तिपुर दैनिकबाट लिएका हौ ।

दिनमा कति वटासम्म बैठक बस्ने, मेयर/उपमेयरले जलपानमा कतिसम्म खर्च गर्न पाउने भन्ने महानगरसंग कुनै नियम रहेको भेटिएन। महानगरको वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धरका भनाइमा, ‘आवश्यकता अनुसार जति पनि बैठक बस्न सक्छ र जलपानका लागि पनि यति नै खर्च गर्नुपर्छ भन्ने छैन।’

जलपान खर्चको विवरण नियाल्ने क्रममा हामीले २०७५ जेठ महीनाको खर्च हेर्‍यौं। मेयर विद्यासुन्दर शाक्यले बागदरबारको कार्यालयमा जेठ महीनामा मात्रै ८७ हजार जलपानमा खर्च गरेका छन्। उपमेयर हरिप्रभा खड्गीले २०७५ जेठ र असार महीनामा गरेर १ लाख ३२ हजार जलपानमा खर्च गरेकी छन्।

महानगरका कर्मचारीहरू यतिविघ्न खर्च भयो होला भनेर पत्याउादैनन्। एक जना कर्मचारी भन्छन्, ‘मेयर र उपमेयरकोमा मान्छे त टन्नै आउाछन्। तर, जलपानमा यति धेरै खर्च चाहिं अस्वाभाविक नै हो।’

४ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको