पुस ४, कञ्चनपुर । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ । प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चादनी साउदविरुद्ध दुर्गादेवीले जाहेरी दिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस