बझाङमा नेकपाको विशाल जनसभा संगै सामना परिवारको सांस्कृतिक प्रस्तुति


पौष ०३, बझाङ । नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्लाको आयोजनामा मंगलबार विशाल जनसभा तथा बृहत सास्कृतिक कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ ।

सामना परिवारका उदियमान प्रतिभा अाराेह नेपालीकाे सञ्चालन, पार्टी जिल्ला इन्चार्ज लक्ष्मण बुढाकाे अध्यक्षता र जिल्ला सचिव भरत मल्लको स्वागतमा सुरु गरिएको कार्यक्रमलाई पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुन, केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्का, दलित मुक्तिमोर्चाका सेती महाकाली संयाेजक बिरु तिरुवा, अखिल क्रान्तिकारी का सेती संयाेजक लाेकेन्द्र सार्की, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती सिंह, सेती ब्युरो न्याय बिभाग प्रमुख अमर, ट्रेडयुनियन महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लाेकबहादुर पल्लिमगर, पुर्व जिल्ला इन्चार्ज लक्ष्मण खड्का , महिला संघ क्रान्तिकारी कि केन्द्रीय सदस्य सर्मिला थापा लगाएले संबाेधन गरेका थिए ।

संबाेधनकाे क्रममा प्रमुख अतिथि पुनले केपी र प्रचण्ड कम्युनिस्टको त कुरै छाेडाै सामान्य बामपंथी पनि नरहेको जिकिर गरे । देशका प्राकृतिक श्राेत बिदेसिकाे हातमा बेच्ने, एनजीओ अाईएनजिअाेकाे फाउन्डर र संचालक हुने, निजी कम्पनी र संस्थाका मालिक हुने, शिक्षा , स्वास्थ्यलाई निजीकरण गर्ने, राष्ट्रघाती र जनघाति काम गर्ने कम्युनिस्ट हुन सक्दैनन् पुगेको भनाइ थियाे ।

कार्यक्रम भन्दा पहिले बाजागाजा सहित हजारौं जनताको जुलुसले नगरपरिक्रमा गरेकोे थियोे । कार्यक्रममा सामना र स्थानीय कलाकारले अाफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सिद्धराज थापा लगाएत काङ्ग्रेसबाट समेत गरि दुई दर्जनले पार्टी प्रवेश गरेका छन् । कार्यक्रमकाे प्रत्यक्ष प्रसारण जनमुखी र बझाङ एफएम लगाएतले गरेका थिए ।

२०७५ पुष ४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको